शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रक्सीसँग यी चिज खाँदा शरीरलाई हानी, नगर्नुहोस् यस्ता गल्ती

बिहीबार, १७ कात्तिक २०७९, १६ : १६
बिहीबार, १७ कात्तिक २०७९

यदि तपाईं पनि रक्सी वा ड्रिङ्क्ससँग चिप्स, पिज्जा, चिकेन, फ्राइजजस्ता खानेकुरा खानुहुन्छ भने तपाईंले आफ्नो स्वास्थ्यसँग खेलबाड गरिरहनुभएको छ । यी चिजमा सोडियम उच्च मात्रामा हुन्छ र लामो समयसम्म यसको सेवनले तपाईंको शरीरलाई नकारात्मक असर पुर्याउँछ । यो ड्रिङ्क्ससँग खानेकुरा होइन । मानिसहरु ड्रिङ्क्सको मज्जा दोब्बर पार्नका लागि यस्तो गर्छन् तर यस्ता खानेकुरा रक्सीसँग मिलेर तपाईंको पेटलाई बढी नै हानी हुन्छ । विशेषगरी त्यतिबेला जब तपाईंलाई एसिडिटी, ग्यासजस्ता कुनै समस्या छ भने ।

यस्ता खालका खानेकुरा तेल मसला र नुनले भरिपूर्ण हुन्छ, जसले तपाईंलाई थुप्रै समस्या गराउन सक्छ । मद्यपान गर्दा यी खानेकुराहरु बिर्सेर पनि खानु हुँदैन ।

रक्सीसँग पोर्क र चिज नखानुहोस्

मद्यपान गर्दा वा त्यसपछि पोर्क वा चिजयुक्त खानेकुरा नखानुहोस् । विशेषगरी त्यतिबेला जब तपाईंलाई एसिडिटीको समस्या हुन्छ । यदि तपाईंलाई मद्यपानपछि भोक लागिरहेको छ भने प्रोटिन र फाइबरयुक्त स्वस्थ खानेकुरा खानुहोस् ।

ब्रेड र केक

केक, पेस्ट्रिज, ब्रेड र ब्रेडले बनेका खानेकुरामा यिस्ट हुन्छ जसको सेवन रक्सीसँग गर्नुहुन्न किनभने रक्सीमा पनि यिस्ट हुन्छ । यदि अत्यधिक मात्रामा यिस्टको सेवन गर्नुहुन्छ भने यसलाई तपाईंको पेटले पचाउन सक्दैन जसका कारण तपाईंको पेट दुख सक्छ ।

रक्सी पिएपछि डेरी उत्पादन नखानुहोस्

यदि तपाईं डेली ड्रिंकर हुनुहुन्छ र सधैँ बियर र वाइन खानुहुन्छ भने तपाईंले आफ्नो पेटलाई पहिलादेखि नै बढी दबाब दिइरहनुभएको छ त्यसैले ड्रिङ्कपछि तपाईंको डेरी उत्पादनको सेवन फिटिक्कै नगर्नुहोस् । रक्सी पिएपछि डेरी उत्पादनको सेवनले तपाईंको शरीरलाई धेरै नै हानी पुर्याउन सक्छ ।

मद्यपानपछि चकलेट नखानुहोस्

चकलेटमा भएका क्याफिन र कोको रक्सीसँग मिलेर पेटमा गडबड पैदा गर्न सक्छ । यदि तपाईंलाई गुलियो खान मन लागिरहेको छ भने आँटा र बेसनले बनेको फाइबरयुक्त स्वस्थ मिठाइको सेवन गर्नुहोस् ।

सोडियमयुक्त खानाबाट टाढा रहनुहोस्

साधारणतया धेरैजसो मानिस रक्सीका साथै निम्की, बदाम, बर्गर फ्राइजजस्ता उच्च सोडियमयुक्त स्न्याक्स खान रुचाउँछन् । धेरैजसो पार्टीमा पनि ड्रिङ्क्ससँग उच्च सोडियमयुक्त उत्पादन पस्किने गरिन्छ । तर, यसले तपाईंको पाचन तन्त्रलाई नराम्रोसँग प्रभावित गर्छ । नुनिलो खानेकुराले बढी प्यास लाग्छ यसका कारण तपाईं आवश्यकताभन्दा बढी रक्सी पिउनुहुन्छ । यी खानेकुरासँग रक्सी पिउँदा तपाईंको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।

रक्सीसँग  गुलियो खानेकुरा पनि​ नखानुहोस्

नुन झैँ धेरै गुलियो खानेकुराले पनि तपाईंलाई धेरै प्यास लगाउँछ । यस्तो स्थितिमा मानिसहरु तिर्खा मेट्नका लागि पानीको साटो रक्सी पिउने गर्छन् । त्यसैले डिङ्क्ससँग र खाइसकेपछि गुलियो खानेकुरा नखानुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप