सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस महासमिति सदस्य सिंहको आग्रह

बिहीबार, १७ कात्तिक २०७९, १५ : ३५
बिहीबार, १७ कात्तिक २०७९

नेपाली कांग्रेस पूर्व महासमिति सदस्य एवम् वाम गठबन्धन निर्वाचन परिचालन समिति सदस्य कृष्णब्रत सिंहले सत्ता गठबन्धनका  उम्मेदवारहरूलाई जिताउन आग्रह गरेका छन् । नेपाली कांग्रेसका महासमिति सदस्य सिंहले केन्द्रमा ५ दलका शीर्ष नेतृत्वले गरेको निर्णय  जिल्लाका नेता कार्यकर्ताहरुले इमानदारी र निष्ठापूर्वक पालना गरेर प्रतिनिधि तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका हुन् । 

रातोपाटीसँगको कुराकानीमा बोल्दै महासमिति सदस्य सिहंले कांग्रेसको राजनीति गर्ने नेता कार्यकर्ताहरूले पार्टी शीर्ष नेतृत्वले गरेको निर्णय अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने बताए । ‘बारा–४ मा कांग्रेसको आफ्नो उम्मेदवार नहुँदा पार्टी कार्यकर्ताभित्र असन्तुष्टि हुन सक्छ तर निर्वाचनको दिनसम्म यि सबै असन्तुष्टीहरु समाधान हुँदै जान्छन्’ नेता सिंहले भने– ‘सत्ता गठबन्धनका उम्मेदवारहरूलाई जिताउने हाम्रो प्रमुख दायित्व हो सबै नेता कार्यकर्ता यसैमा लाग्नु हुन मेरो अनुरोध छ ।’ 

सिंह पूर्व गाविस अध्यक्ष तथा कांग्रेसका पुराना नेता हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा जितपुर सिमरा उपमहानगरका नगरप्रमुखका सिंहले निकटतम् प्रतिस्पर्धामा दोस्रो स्थानमा थिए । 

बारा–४ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा किसान श्रेष्ठ र प्रदेशतर्फ भने ४ (क)मा क्षेत्रबहादुर श्रेष्ठ अनिल र ४ (ख) मा जितेन्द्र सोनल रहेका छन् । सत्ता गठबन्धन बाहेक एमाले–जसपा गठबन्धनबाट भने  संघमा  एकवाल मियाँ र प्रदेशतर्फ देवनारायण चौधरी र आत्मराम साह रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप