बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

सीबीआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

बिहीबार, १७ कात्तिक २०७९, १४ : १५
बिहीबार, १७ कात्तिक २०७९

सीबीआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ एसिसिए हुनुका साथै उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका छन् । 

यस अगाडि श्रेष्ठ एन.आई.बि.एल्. क्यापिटल मार्केट्स लि. (२०१३ —२०१५) मा उच्च व्यवस्थापनस्तरमा तथा नबिल इन्भेष्टमेन्ट्स बैंकिङ (२०१६—२०२०) र मेघा क्यापिटल मार्केट्स लि. (२०२०—२०२२) मा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । श्रेष्ठसँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप