शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं ३ का माओवादी उम्मेदवार बजगाईं भन्छन्– अब कांग्रेसलाई सघाउँछु

बिहीबार, १७ कात्तिक २०७९, १४ : ०७
बिहीबार, १७ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रबाट काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवार भएका बद्रीप्रसाद बजगाईले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छन् । पार्टीको निर्णय बमोजिम आफ्नो उम्मेदवारी फिर्ता लिई कांग्रेसका उम्मेदवार सन्तोष चालिसेलाई सघाउने बताए । 

बुधबार पार्टी कोषाध्यक्ष श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै बजगाईलाई निष्क्रिय बसेर कांग्रेस उम्मेदवारलाई सघाउन आग्रह गरेका थिए । पार्टीको निर्णयलाई स्वीकार गर्दै बजगाईले कांग्रेस उम्मेदवार चालिसेलाई सघाउन सहमत भएका हुन् । 

‘पार्टीको निर्णयलाई सम्मान गर्छु । पार्टीकै निर्देशनमा उम्मेदवारी दिएको थिए । पार्टीले निष्क्रिय हुने भनेपछि फिर्ता लिएको छु । पार्टीको निर्णयलाई अवज्ञा गर्ने वा काउन्टर गर्ने कुरा भएन’ रातोपाटीसँग कुरा गर्दै बजगाईले भने, ‘अब कांग्रेसका उम्मेदवारलाई सघाउनेछु ।

हाम्रो पार्टीका प्रदेश सभा ‘ख’ का महेश्वर फुयाल गठबन्धनका आधिकारिक उम्मेदवार हुन भन्ने छ । कांग्रेस उम्मेदवार निष्क्रिय बसेर सघाउनुपर्छ भन्नेछ ।’ तर, माओवादी पार्टीले भने प्रतिनिधिसभा बजगाईले उम्मेदवारी फिर्ता लिएर प्रदेशसभा ‘ख’ मा मित्रवत प्रतिस्पर्धा गर्ने बताएको छ । 

माओवादीका बजगाई उम्मेदवारी फिर्ता लिएपछि प्रतिनिधिसभामा कांग्रेसका सन्तोष चालिसे र एमालेबाट कृष्ण राईबीच कडा प्रतिस्पर्धा हुने भएको छ । राई यसअघि एमालेबाट निर्वाचित सांसद हुन् ।  प्रदेशसभा ‘क’ बाट कांग्रेसका छिरिङदोर्जे लामा प्रदेश ‘ख’ बाट कांग्रेसकै विमल ठकुरी उम्मेदवार छन् ।

यस्तै एमालेबाट प्रदेशसभा ‘क’ बाट चन्द्रमान लामा, प्रदेश सभा ‘ख’ बाट रामेश्वर फुयाल उम्मेदवार छन् । माओवादीबाट प्रदेश सभा ‘क’ बाट कपिलमुनि उप्रेती र प्रदेशसभा ‘ख’बाट महेश्वर फुयाल उम्मेदवार छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप