शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

भक्तपुरमा चुनावी सरगर्मी बढ्यो

बिहीबार, १७ कात्तिक २०७९, १३ : २४
बिहीबार, १७ कात्तिक २०७९

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । नेपाली कांग्रेस सहितको सत्ता गठबन्धन दल, नेकपा (एमाले), नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका उम्मेदवार निर्वाचनलाई आफ्नो पक्षमा पार्न मतदाताका घर घरमा पुगिरहेका छन् ।

प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रेम सुवाल ,सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुनिल गोठे र एमालेका नवराज गेलाल उम्मेदवार रहेका छन् । क्षेत्र नं २ मा कांग्रेसका दुर्लभ थापा र एमालेका महेश बस्नेतले पनि घरदैलो अभियानलाई  तीव्रता दिएका छन् । दलले घरदैलो अभियान सुरु गरेसँगै जिल्लाका दुवै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप