इष्टर्नन हाइड्रोपावरको सेयर बाँडफाँट, करिब १३ लाख आवेदकको हात खाली
इष्टर्न हाइड्रोपावर लिमिटेडले आज साधारण सेयर (आइपीओ) बाँडफाँट गरेको छ । कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले असोज २८ गतेदेखि ६ करोड ७० लाख ३१ हजार रूपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये सर्वसाधारणका लागि ६ लाख २३ हजार २८९ कित्ता छुट्याइएको थियो ।
यस्तै, कर्मचारीका लागि १३ हजार ४०६ कित्ता र सामूहिक लगानी कोषका लागि ३३ हजार ५१५ कित्ता सेयर छुट्याइएको थियो । आइपीओमा १३ लाख ५८ हजार २२० जनाले आवेदन दिएका थिए । उनीहरूले कूल १ करोड ४८ लाख ७४ हजार ४० कित्ता सेयर माग गरेका थिए ।
कूल आवेदकमध्ये १ हजार ९९६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । आवेदक स्वीकृत भएका कूल १३ लाख ५६ हजार २२४ जना आवेकदक मध्येबाट गोलाप्रथाबाट ६२ हजार ५१९ जना आवेदकले प्रतिव्यक्ति १० कित्ताका दरले सेयर पाएका छन् ।