भोट माग्दै विक्रम पाण्डेले भने–हारेपछि पनि भागेको छैन

चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले विगतमा आफू यो क्षेत्रबाट हारे पनि भागेर कतै नभएको बताएका छन् । चितवनका जनताको सुख दु:खमा सधैं आफू साथमा रहेको उल्लेख गर्दै पाण्डेले यसपटक आफूलाई जिताउन मतदातासँग आग्रह गरे ।
बिहीबार भरतपुर–१६ मा आयोजित निर्वाचन प्रचारप्रसार अभियानलाई सम्वोधन गर्दै उनले भने, ‘यो निर्वाचन क्षेत्रबाट गएको चुनावमा पराजित भए पनि क्षेत्र छोडेर कतै भागेको छैन । भविष्यमा पनि तपाईंहरुको माझमै रहन्छु ।’ आफू जनताको दुःख र विकासको साथमा रहेको बताउँदै उनले गत निर्वाचनमा आफूले हार्दा चितवनले पनि हारेको दाबी गरे ।
परिवर्तनका लागि राजनीति गरेका भन्नेहरुलाई प्रश्न गर्दै उनले परिवर्तन जनताको झुपडीमा आयो कि आएन भनेर कटाक्ष गरे । उनले सत्ता गठबन्धन कुनै राजनीतिक सिद्धान्त वा दर्शनबाट बनेको सत्ता स्वार्थका लागि भएको बताए ।
कार्यक्रममा क्षेत्र नं ३ (क) का उमेदवार ज्ञानजंग लामा, (ख) का उमेदवार रिना गुरुङ लगायत पार्टीका केन्द्रीय तथा जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने