बलिउडका यी हरर कमेडी फिल्म, जसले बक्स अफिसमा मच्चाए हंगामा
मुम्बई । अभिनेत्री कट्रीना कैफ अभिनीत फिल्म ‘भूत पुलिस’ छिट्टै रिलिज हुँदैछ । फिल्ममा कट्रीनाको अलवा सिद्धान्त चतुर्वेदी र इशान खट्टरको पनि मुख्य भुमिका छ । हरर कमेडी जनराको यो फिल्मको हालै ट्रेलर रिलिज भएको थियो, जसलाई रुचाइएको छ ।
फिल्मले बक्सि अफिसमा राम्रो व्यवसाय गर्ने अनुमान गरिएको छ । किनभने यस अगाडि आएको केही हरर कमेडी फिल्मले बक्सअफिसमा राम्रो व्यवसाय गरेका थिए । यस्ता छन् बक्स अफिसमा राम्रो व्यवसाय गर्न सफल हरर फिल्म ।
भूलभुलैया :
अक्षय कुमार अभिनित ‘भूलभुलैया’ पनि हरर कमेडी फिल्म थियो । सन् २००७ मा रिलिज भएको यो फिल्म त्यतिबेला बक्स अफिसमा सुपरहिट साबित भएको थियो । अक्षय कुमारको मुख्य भुमिका रहेको फिल्मले अभिनेत्री विद्या बालनलाई फिल्म उद्योगमा नयाँ पहिचान दिलाएको थियो ।
गोलमाल अगेन :
रोहित शेट्टीले बनाएको ‘गोलमाल अगेन’ पनि हरर कमेडी बिषयमा निर्माण भएको थियो । फिल्ममा अजय देवगन, कुणाल खेमू, अरशद वारसी, तुषार कपूर, श्रेयष तलपडे, तब्बू र परीणीति चोपडा मुख्य भूमिकामा थिए ।
स्त्री :
‘स्त्री’ राजकुमार राव र श्रद्धा कपूरको करियरको सबैभन्दा ठूलो हिट फिल्म हो । फिल्मलाई अमर कौशिकले निर्देशन गरेका थिए । फिल्मले दर्शकको मन जित्न सफल भयो । फिल्मले बक्स अफिसमा पनि धमाका मच्चाएको थियो ।
भूलभुलैया २ :
कार्तिक आर्यनको फिल्म ‘भूल भुलैया २’ सन् २०२२ को सबैभन्दा ठूलो हिट फिल्म मानिन्छ । यस फिल्ममा कार्तिक रुह बाबाको चरित्रमा थिए । जसलाई दर्शकले निकै रुचाएका थिए । फिल्म बक्स अफिसमा सफल सावित भयो ।
अमर उज्याला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा