शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१० वर्षीया बालिका बलात्कृत, ६३ वर्षीय वृद्ध पक्राउ

बिहीबार, १७ कात्तिक २०७९, १२ : ०७
बिहीबार, १७ कात्तिक २०७९

तनहुँमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक ६३ वर्षीय वृद्ध पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका-८ गणपते बस्ने राम्जी बहादुर थापा क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 

स्थानीय जंगलमा अमला टिप्न जाने भन्दै ललाई फकाई ती बालिकालाई लगेर थापाले बुधबार बिहान जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यता दाङमा ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१४ चौपरीया बस्ने २७ वर्षीय दुर्गा बहादुर चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित धान काट्न गएकी ती महिलालाई चौधरीले जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मलवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप