बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

नबिल ब्यालेन्स्ड फन्ड–२ र इक्विटी फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिहीबार, १७ कात्तिक २०७९, ११ : १६
बिहीबार, १७ कात्तिक २०७९

नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७८/७९ का लागि घोषित लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको हो । योजनाका लाभांश वितरणको लागि कम्पनीले शुक्रबार बुक क्लोज हुनेछ । 

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाइधनीहरुलाई ७ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।  यसैगरी नबिल इक्विटी फन्डका इकाइ धनीहरुलाई ५ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

साथै नबिल म्यूचल फण्डले नबिल फ्लेक्सी क्याप नामक ७ करोड  ५० लाख इकाइ भएको खुल्लामुखी योजनाको इकाइहरुको यहि कात्तिक २३ गते देखि  बिक्री खुला गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप