धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरु
कैलालीको धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरु गरिएको छ । बुधबारदेखि धनगढी उप-महानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको हो ।
यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो । सडकको विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको र सडकको दायाँ–बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनीलाई पत्राचार गरेको थियो ।
तर घरधनीहरुले त्यसको बेवास्ता गरेपछि उपमहानगरपालिकाले संरचना हटाउन थालेको हो । संरचना हटाउन कार्यस्थलमा पुगनुभएकी धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले महानगरपालिकाले पत्राचार गर्दा बेवास्ता गरेकाले संरचना भत्काउन थालेको बताए ।
उनले बुधबारबाट सुरु भएको अभियानलाई निरन्तरता दिने पनि बताए। मापदण्ड विपरीत बनेका संरचना हटाउने अभियान पछिल्लो समय देशव्यापी रुपमा बढ्दै गइरहेको छ । यसअघि काठमाडौं, पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाले पनि अवैध संरचनामा डोजर चलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली