जुम्लामा विस्फोटक पदार्थबाट जोगिने उपाय सिकाउँदै नेपाली सेना

जुम्लामा म्यादी प्रहरीलाई बम डिस्पोजल गर्ने उपायबारे जानकारी गराइएको छ । नेपाली सेनाको नन्दबक्स गणले उपसेनानी सन्तोष केसी नेतृत्वको टोलीले विद्यालय, ग्रामीण वस्तीदेखि सार्वजनिक सरोकार राख्ने निकायसम्म पुगेर बमबाट जोगिने उपायबारे कक्ष सञ्चालन गर्न थालेको हो ।
पहिलो चरणमा जिल्लाको गुठीचौर गाउॅपालिकामा नागरिकलाई भेला गराएर बमबाट बच्न अपनाउनुपर्ने उपायबारे सहजीकरण गरेको थियो । नन्दाबक्स गणका गणपति रविन थापाले जुम्लामा बमलगायत शङ्कास्पद वस्तुदेखि बच्न सबैले होसियारी अपनाउनुपर्नेमा जोड दिए ।
अप्रिय घटना हुन नदिन सेनाको टोली जिल्लाभर खटिएको छ । हरेक निर्वाचन केन्द्रमा खटिने म्यादी प्रहरी, नेपाल प्रहरीलाई समेत बमबाट जोगिन अपनाउनुपर्ने उपायका विषयमा कक्ष प्रदान गरिएको थापाले बताए ।
निर्वाचनताका शंकास्पद बस्तु फेला पर्ने उच्च सम्भावना हुन्छ । त्यसैले गाउॅबस्तीसम्म पुगेर धमाधम सचेतना फैलाउन थालिएको थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘के घर के डेरा : घर नं २’ को टिजरमा प्रेम, वियोग र मानसिक यातना
-
५ वर्ष सामाजिक सुरक्षा भत्ता नबढाउन सरकारलाई सुझाव
-
सुमित्राले जितिन् ब्युटिसियन ट्यालेन्ट नेपालको ताज
-
भन्सारमा हुने चोरी पैठारी रोक्न करमाथि पुनर्मुल्याङ्कन गर्न सुझाव
-
गृहमन्त्रीको जवाफ : तीनकुने घटना आपराधिक, आइन्दा यस्तो हुन नदिन सरकार चनाखो छ
-
कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव