आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जसपा कतारका वरिष्ठ उपाध्यक्षसहित १३ जनाद्वारा पार्टी परित्याग

बिहीबार, १७ कात्तिक २०७९, ०८ : ३४
बिहीबार, १७ कात्तिक २०७९

जनता समाजवादी पार्टी (जसपा) प्रवास संगठन कतारका सल्लाहकार, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष,कोषाध्यक्षलगायतका पदाधिकारीले पार्टी परित्यागको घोषणा गरेका छन् ।  

पार्टी परित्याग गर्नेमा सल्लाहकार पदम राई, ननिद्र राई, वरिष्ठ उपाध्यक्ष प्रकाश आलेमगर, उपाध्यक्ष राजकुमार राई, महिला उपाध्यक्ष देवी कुमारी मगर, कोषाध्यक्ष गजेन्द्र खालिङ र सहकोषाध्यक्ष एक्का प्रसाद तामाङ रहेका छन् । 

यस्तै सदस्यहरु आशा राई, प्रकृति राई, डाडोमाया शेर्पा राई, धर्मराज राई, डवाङ्म फुरि शेर्पा, बिज्ञान राईले पनि विज्ञप्तिमार्फत पार्टी परित्याग गरेको जानकारी दिएका छन् । पार्टीले गलत बाटो समाएको, निर्वाचनमा एमालेसँग सहकार्य गरेकोलगायतका आरोप लगाउँदै उनीहरुले पार्टी परित्याग गरेका हुन् । 

जसपा परित्याग गरेर उनीहरु नेकपा माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशील मञ्च कतारमा प्रवेश गर्न लागेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप