शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

तीन कम्युनिस्ट पार्टीले निर्वाचन बहिष्कार गर्ने

बिहीबार, १७ कात्तिक २०७९, १६ : ३८
बिहीबार, १७ कात्तिक २०७९

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित तीन कम्युनिस्ट पार्टीले आगामी मंसिर ४ मा हुन गइरहेको आम निर्वाचन बहिष्कार गर्ने भएका छन् । 

बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले निर्वाचन बहिष्कार गर्ने जानकारी दिएका हुन् । ​उनीहरुले निर्वाचन बहिस्कारका कार्यक्रम सार्वजनिक गर्ने भएका छन् । कार्तिक १९ गते पत्रकार सम्मेलन गरी बहिष्कारका कार्यक्रम सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप