शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रिमियरमा ‘लाखे’ लाई मिश्रित प्रतिक्रिया

बिहीबार, १७ कात्तिक २०७९, ०७ : ४६
बिहीबार, १७ कात्तिक २०७९

आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘लाखे’ को बुधबार प्रिमियर गरिएको छ । बिश्वज्योती चलचित्र भवन जमलमा गरिएको प्रिमियर चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार सुनिल थापा, निर्देशक नरेश पौडेल, निस्चल बस्नेत, शोभित बस्नेत, दीपेन्द्र के खनाल, निर्माता सर्मिला पाण्डे, रेजिना उप्रेती लगायत थुप्रै कलाकर्मी, रंगपत्रकार र फिल्मका कलाकारको उपस्थिती रहेको थियो ।

व्यवस्थापन अलि फितलो रहेको प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले फिल्म आफूलाई मन परेको बताए । उनले फिल्मले समाजमा रहेको नकारात्मक र सकारात्मक पक्षबीचको द्धन्द्ध देखाएको बताए ।

फिल्मका कलाकार अनुमबिक्रम शाहीले फिल्म राम्रो बनेकोले दर्शकले रुचाउनेमा आफू विश्वस्त रहेको बताए । अभिनेता सौगात मल्लले आफू युकेमा रहेकोले फिल्मको प्रचार प्रसारमा हिँड्न नभ्याएको बताए । एक्सन विषयमा बनेको फिल्मले दर्शकका फरक स्वाद दिने मल्लले दाबी गरे ।

अर्काे फिल्मका कलाकार प्रशान्त ताम्राकारले आफूहरुले अपेक्षा गरेको भन्दा राम्रो फिल्म बनेको बताउँदा अभिनेता आर्यन अधिकारीले केही बर्षपछि फिल्ममा फर्किएको बताए । उनले फिल्मको एक्सन दर्शकले रुचाउने विश्वास लिए ।

अभिनेत्री वर्षा राउतले फिल्म आफूले अपेक्षा गरेको भन्दा पनि राम्रो लागेको बताए । उनले आफ्नो भन्दा पनि अनुप बिक्रम शाहीको चरित्र मनपरेको धारणा राखिन् । अभिनेता रोहित रुम्बाले फिल्मबाट आफूलाई ठूलो अपेक्षा रहेको बताए । सानैदेखि हिरो बन्ने सोचले अभिनयमा भित्रिएको बताएका रुम्बाले ८० को उमेरमा पनि अभिनय गरिरहने बताए ।

सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार लगायतको अभिनय छ । 

हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुजन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन रहेको फिल्म औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको फिल्मको पटकथा आकाश बरालले हुन् भने सम्वादमा उनलाई अनुप न्यौपाने सघाएका छन् । फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठले आरआर फिल्मस् मार्फत वितरण गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप