अमेरिकी अर्थतन्त्रमा नेपालीको योगदान,दुई नेपाली सम्मानित
‘उद्दमशीलताको माध्यमद्वारा अमेरिकाको अर्थतन्त्रमा योगदान पु¥याए बापत’ दुई नेपाली व्यवसायीलाई सोमबार क्यालिफोर्निया राज्यका सभासद आलेक्श लीले एक समारोहका बीच सम्मानित गरेका छन्।
ओक्टोबर ३१ मा हिन्दुहरुको महान चाड दीपावलीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सभासद लीले सम्मान पत्र प्रदान गरे । सो अवसरमा चार जना सम्मानित भएका मध्ये दुई नेपाली नागरिक हुन् ।
क्यालिफोर्नियाको एभरेस्ट कुजिनमा आयोजित समारोहमा सभासद लीले विभिन्न व्यवसायमार्फत् अमेरिकी अर्थतन्त्रलाई टेवा पुग्नेगरी सयौं नागरिकलाई रोजगारी सिर्जना गरेबापत यो सम्मान प्रदान गरिएको उल्लेख गरे।
‘सिलिकन भ्यालीमा व्यवसाय गर्ने चार जनालाई सम्मान गर्नपाउँदा मलाई खुसी लागेको छ’ भन्दै लीले सम्मानित चारै जनालाई बधाई दिए ।
सम्मानित हुनेमा नेपाली नागरिक डिल्लीविक्रम थापा र दीपज्योति कार्की छन् । उनीहरुसँगै मिखायल आर्सेन्टिव र अस्ररफ मद्राशवाला पनि सम्मानित भएका छन् ।
सम्मान कार्यक्रममा एवरेस्ट कुजिनका प्रमुख कार्यकारी अधिकृत प्रिन्स युबराज कार्कीले सभासद लीको यस्तो कदमबाट आफुहरुले समाजप्रति थप जिम्मेबारी महसुश गरेको बताउँदै सम्मानित सबैलाई बधाई तथा शुभकामना दिए ।
त्यसैगरी एभरेस्ट कुजिनका अध्यक्ष अनिल पाण्डेले अमेरिका बसाइको ३३ वर्षमा यो कार्यक्रम निकै पृथक तथा नयाँ पुस्तालाई उर्जा मिल्ने खालको भएको पाएँ भन्दै सभासद लीको प्रशंसा गरे । ‘लीजस्ता जनप्रतिनिधिलाई सम्पूर्ण कम्युनिटीले हर किसिमको सहयोग गर्नुपर्छ, जसले हामीलाई प्रोत्साहन गर्छ हामी उसैको साथमा हुन्छौं, यो हाम्रो प्रतिबद्धता हो’ अध्यक्ष पाण्डेले भने।
कार्यक्रममा सभासद लीका डिस्ट्रिक डाइरेक्टर अनुराग पलले समाजका विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तिहरुलाई यो किसिमको सम्मान गर्न पाउँदा निकै खुशी लागेको जनाउँदै यस्तो कार्य भविष्यमा पनि जारीरहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवकलाई बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ
-
अफवाह फैलाउने १० युट्युब च्यानल कारबाहीमा
-
रेखा भन्छिन्– सन्तान जन्माएपछि महिला झन् जवान हुन्छन्
-
टिजरमा यस्तो देखियो सौगातको ‘बम बहादुर’
-
लक्ष्मण र सुनिताले ल्याए ‘बिहे गरियो’
-
सरकार ढाल्ने स्वार्थ समूहले नै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरे : वर्षमान पुन