शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

गुजरात पुल दुर्घटना : तारले तौल धान्न नसक्दा पुल भत्कियो

बुधबार, १६ कात्तिक २०७९, २२ : १६
बुधबार, १६ कात्तिक २०७९

भारतको गुजरात राज्यको मोरबीस्थित झोलुङ्गे पुल भत्किएको घटनाको विषयमा अदालतमा सुनुवाइ सुरु भएको छ । यस क्रममा पुल मर्मतका क्रममा भएका भ्रष्टाचारका केही नयाँ तथ्य बाहिर आएको छ । सहरको पहिचान मानिने उक्त झोलुङ्गे पुल मर्मतसम्भारपछि सर्वसाधारणका लागि केही दिनअघि खुलाइएको थियो ।

पर्यटकले खचाखच भरिएको यो पुल अक्टोबर ३० मा भत्कियो । यस भयानक दुर्घटनामा हालसम्म १४० बढीको मृत्यु भइसकेको छ ।​ माच्छु खोलामाथिको यो पुल स्थानीय बासिन्दाका लागि आकर्षक पर्यटकीय गन्तव्य थियो । त्यस दिन नदीमा छठ पुजा हेर्न आसपासका धेरै मानिसहरू जम्मा भएका थिए । यस मुद्दाको सरकारी पक्षले फरेन्सिक प्रतिवेदनलाई उद्धृत गर्दै अदालतमा ममर्तसम्भारको क्रममा पुलको भुइँ बदलिएको तर पुलको तार(केबल) भने उही राखिएको प्रमाण पेस गरेको छ ।

त्यसपछि अदालतले चारै अभियुक्तलाई आगामी शनिबारसम्मका लागि प्रहरी हिरासतमा पठाएको छ । जसमा पुलको मर्मतको जिम्मा लिएको ओरेवा कम्पनीका दुई जना प्रबन्धक र उपठेकेदार रहेका छन् । सरकारी वकिल एचएस पञ्चालले मुख्य न्यायिक मजिस्ट्रेट एमजे खानले बाँकी पाँच अभियुक्तलाई न्यायिक हिरासतमा पठाएको जानकारी दिए । यसमा टिकट बुकिङ क्लर्क र सुरक्षा गार्डहरू समावेश छन् ।

के भने सरकारी वकिलले ?
फरेन्सिक साइन्स ल्याबको प्रतिवेदनलाई उद्धृत गर्दै सरकारी वकिल पञ्चालले अदालतमा पुल भत्किनुको कारण बताएका थिए । उनले फोरेन्सिक विज्ञका अनुसार मर्मतपछि पुलमा नयाँ भूई र पुरानो केबल राख्दा केबल (तार)ले तौल धान्न नसकेको बताए ।

मर्मत गर्दा पुलको भुइँबाट पहिलेको काठ हटाएर चार तहको आल्मुनियम पाता राखिएको छ । तर पुरानो खिया लागेको केबलको भने खियासमेत नहटाइएको अदालतमा बताइयो । आलमुनियमको भूइँले तौल यति बढ्यो कि पुल समाउने केबुलले भार वहन गर्न सकेन र पुल भत्कियो । –बीबीसी हिन्दीबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप