शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चर्चित अमेरिकी र्‍यापर टेकअफलाई पासा खेलिरहेको समयमा गोली हानी हत्या

बुधबार, १६ कात्तिक २०७९, २१ : ४९
बुधबार, १६ कात्तिक २०७९

चर्चित अमेरिकी ¥याप ब्याण्ड मिगोसका सदस्य टेकअफको ह्युस्टनमा हत्या भएको छ । कुआभो र अफसेटसहित हिपहप समूह मिगोस गठन गरेका टेकअफको पासा खेलिरहेको समयमा गोली हानी हत्या भएको प्रहरीले बताएको छ । 

गोली प्रहारलगतै टेकअफको ज्यान गएको थियो भने घटनामा अन्य दुई जनालाई पनि गोली लागेको थियो । घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ । मिगोसका अन्य सदस्य कुआभो घटनास्थलमा रहेको भए पनि उनी भने सुरक्षित छन् । सन् १९९४ मा अमेरिकाको जर्जियामा जन्मिएका टेकअफले सानैदेखि ¥याप गाउन थालेका थिए । तीन वर्षले जेठा अंकल कुआभोसँगै हुर्किएका टेकअफले अंकल र अर्का नाता पर्ने अफसेनसँग मिलेर सन् २००८ देखि संयुक्त रुपमा गाउन थालेका थिए । 

सुरुमा पोला क्लब नाम रहेको व्यान्डले सन् २०११ देखि भने मिगोसको नाममा गित रेकर्ड गर्न थालेको थियो । मिगोसले सन् २०१३ देखि लोकप्रियता पाउन थालेको थियो । टोरन्टोका ¥यापर ड्रेकले यो समूहको गीतलाई रिमिक्स गरेर गाएपछि ब्याण्डको चर्चा थप चुलिन थाल्यो । 

सन् २०२० मा एक महिलाले टेकअफमाथि यौन हिंसाको आरोप लगाइन् । महिलाले ती ¥यापरले उनलाई लस एन्जल्सको एक पार्टीमा यौन हिंसा गरेको आरोप लगाएकी थिइन् । लस एन्जल्स प्रहरीले यस घटनामा ¥यापरमाथि अनुसन्धान सुरु गरेको भए पनि पछि लस एन्जल्स डिस्ट्रिक्ट एर्टोर्नी कार्यालयले प्रमाण नभेटिएको भन्दै आपराधिक मुद्दा लगाउन अस्वीकार गरेको थियो । (गार्जियन) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप