निलो टिकमा शुल्क लगाउने ट्वीटरको निर्णय
ट्वीटर कम्पनीका नयाँ मालिक इलन मस्कले अब ‘ब्लु टिक’ धारी अकाउन्टलाई मासिक आठ डलर लिने शुल्क लिने बताएका छन् । ट्वीटरमा ‘भेरिफाईड’ अकाउन्टहरुको छेउमा निलो ‘टिक’ देखिने गर्छ । हालसम्म यो निःशुल्क थियो भने अब निलो टिक खातावालाले पैसा तिर्नुपर्ने भएको छ । विगतमा ट्वीटरले उसका मापदण्ड पुरा गर्ने उल्लेखनीय खाता भएकाहरूलाई ब्लु टिक दिन्थ्यो ।
तथापि ट्वीटरले गत वर्ष जुनमा ल्याएको ट्वीटर ब्लु उपभोग गर्नेहरूले भने केही शुल्क तिर्नुपथ्र्यो । यस सब्स्क्राइबर सेवा उपभोग गर्नेहरूले तिनका ट्वीट सम्पादन(एडिट) गर्न सक्छन् । विज्ञापन माथिको निर्भरता कम गर्नका लागि यस्तो कदम उठाएको मस्कले बताएका छन् । मस्कले यो शुल्क ‘देशको क्रय शक्तिको आधारमा समायोजना हुने’ बताएका छन् ।
मस्कले टिक हुने सब्क्राईबरहरुलाई थप सुविधाहरु हुने पनि खुलासा गरेका छन् । उनका अनुसार तिनले कमेन्ट गर्न, कसैलाई मेन्सन गर्न र केही खोज्न बढी सहजता पाउनेछन् । त्यस्तै भेरिफाईड अकाउन्ट भएकाहरुले लामा अडियो तथा भिडियो पनि पोष्ट गर्न सक्नेछन् ।
विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कले गत साता ४४ अर्ब डलरको ट्वीटर खरिद सम्झौतालाई पूर्णता दिएका थिए । त्यसअघि लामो समय कम्पनी र मस्कबीच खरिद विषयमा विवाद भएको थियो । मस्कको खरिदपछि ट्वीटर भेरिफाईड खातावालाहरुसँग मासिक २० डलर तिराउने चर्चा चलेको थियो । तर मस्कले अहिले औपचारिक रुपमा यसको मूल्य आठ डलर हुने बताएका छन् ।
सन् २०२१ मा ट्वीटरका कुल ४० करोड सक्रिय प्रयोगकर्तामध्ये लगभग ४ लाख भेरिफाईड अकाउन्टबाहक थिए । यदि यी सबैले नै तिनको निलो टिक कायम राख्न पैसा तिर्न तयार भए भने पनि कम्पनीले मासिक ३२ लाख डलर कमाउनेछ ।
यो अनुमान ट्वीटरले नयाँ निमयन मार्फत कमाउन सक्ने अधिकतम रकम हो । किनकि नयाँ नियमपछि कति निलो टिक एकाउन्ट चलाउनेहरूले पैसा तिर्नु साटो बिना निलो टिक नै अकाउन्ट चलाउन सक्छन् । तथापि निलो टिकमा शुल्क लगाएर ट्वीटरको नयाँ आम्दानीको स्रोत भेट्न सक्ने भए पनि कम्पनी अझै संकट मै हुनेछ ।
मस्कले ट्वीटर खरिद गर्नुअघि नै ट्वीटर घाटामा चलिरहेको थियो । यसले अप्रिलदेखि जुनसम्म मात्रै झन्डै २७ करोड डलर गुमाएको थियो । कम्पनीले अर्बौँ डलरको ऋणमा वर्षेनी ठूलो रकम तिर्नुपर्ने अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या