आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यी ४ मतदान केन्द्र अस्थायी रूपमा सारियो

बुधबार, १६ कात्तिक २०७९, २० : १७
बुधबार, १६ कात्तिक २०७९

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चार मतदान केन्द्र अस्थायी रूपमा सारिएको छ ।

 जिल्लाका निर्वाचन अधिकृत कार्यालयहरूबाट मतदान केन्द्र अस्थायी रूपमा सारी तथा नाम परिवर्तन गरी मतदान गराउने व्यवस्थाका लागि सहमति माग भएकोमा निर्वाचन आयोगले अस्थायी रूपमा मतदान सार्ने निर्णय गरेको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३४ (३) बमोजिम यो निर्णय भएको आयोगको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप