आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं-३ मा बागी उम्मेदवारी निष्क्रिय पार्न माओवादीको निर्देशन

बुधबार, १६ कात्तिक २०७९, १९ : ४०
बुधबार, १६ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रले काठमाडौं ३ मा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका बद्रीप्रसाद बजगाईंलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ । पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बुधबार प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका बजगाईं उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएका हुन् ।

यस्तै माओवादी केन्द्रले प्रदेशसभाअन्तर्गत ३ (१) मा उम्मेदवारी दिएका कपिलमुनी उप्रेतीलाई पनि उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ ।  यस्तै प्रदेशसभा ३९२० मा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति बमोजिम उम्मेदवारी दिएका महेश्वर फुँयालको उम्मेदवारी कायमै रहेको माओवादी केन्द्रले जनाएको छ ।

सचिव ढकालले बागी उम्मेदवार बजगाईं र उप्रेतीलाई उम्मेदवारी निष्क्रिय पारेर गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप