शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हिन्दु धर्मावलम्बीको पवित्रस्थल गंगा किनारको रमणीय दृश्य (तस्बिरहरु)

बुधबार, १६ कात्तिक २०७९, १९ : २४
बुधबार, १६ कात्तिक २०७९

भारतको उत्तरप्रदेशस्थित वाराणसी क्षेत्र हिन्दु धर्मावलम्बीहरूको मुख्य धाम हो । हिन्दु धर्मावलम्बीहरू मोक्ष प्राप्तिका लागि त्यहाँ पुग्छन् । हिन्दु धर्ममा गंगा नदीलाई पवित्रताको प्रतीक मानिन्छ । जो अशुद्ध छ वा जसले समाजमा गर्न नहुने काम (पाप) गरेको छ भने गंगा जल छर्केमात्रै पनि उसले मोक्ष वा क्षमा प्राप्त गर्ने धार्मिक मान्यता छ । त्यही भएर पनि गंगा नदीको पानी हिन्दुहरुले घरघरमा लाने गर्दछन् ।

वाराणसी क्षेत्रमा नेपाल सरकार मातहत रहेको पशुपतिनाथ मन्दिर र आश्रम पनि छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा गत चैतमा बेलो वृद्धाश्रम पुनर्निर्माणको शिलान्यास गरेका थिए । तर, शिलान्यास गरेको ८ महिना बितिसक्दा पनि कामको सुरसार नभएको त्यहाँका नेपाली बताउँछन् । हिन्दुहरूको पवित्रस्थल काशी विश्वनाथमा नेपालका पूर्वराजा पृथ्वीनारायण शाहदेखि नै शाह वंशीय राजाहरूको आउजाउ रहेको बताइन्छ । नेपालका राजाले काशीका नरेशसँग त्यसबेला ८ कट्ठा जग्गा खरिद गरेका थिए । वि.सं. १८०० को आसपासमा तत्कालीन राजा रणबहादुर शाहले संन्यास लिएपछि सोही क्षेत्रमा बसेको बताइन्छ ।

भगवान शिवका १२ ज्योतिर्लिंग मध्येको एउटा वाराणसीमा रहेको विश्वनाथ मन्दिर पनि हो । वारणसीमा रहेको काशी हिन्दु विश्वविद्यालय होस् वा गंगा किनारका ८४ घाटमध्ये हरिश्चन्द्र, दशाश्वमेघ, मणिकर्णिका, आशी, चेतसिंह, त्रिपुरामुखी, मनमन्दिर, सिम्दिया घाट सबै रमणीय छन् । चोक र गल्ली नै पिच्छेका मन्दिरहरुमा दर्शनार्थीको उत्तिकै घुइँचो देखिन्छ । (वाराणसीबाट फर्केपछि)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप