आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी प्रचारका लागि प्रधानमन्त्री देउवा धनगढीमा

बुधबार, १६ कात्तिक २०७९, १९ : ०२
बुधबार, १६ कात्तिक २०७९

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज अपराह्न धनगढी पुगेका छन् । आसन्न चुनावमा डडेलधुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी कांग्रेस सभापति देउवा चुनावी प्रचारप्रसारका लागि भोलि कात्तिक १७ गते डडेलधुरा जाने कार्यक्रम रहेको प्रधानमन्त्रीका कानुनी सहयोगी केशवराज जोशीले जानकारी दिए । 

उनले कात्तिक १७ देखि २० गतेसम्म डडेलधुराका विभिन्न ठाउँमा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी हेलिकप्टरमार्फत धनगढी पुगेका हुन् । देउवा धनगढी उपमहानगरपालिका–४ स्थित निजी निवासमा बसेका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप