बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रेडमीको पहिलो प्याड नेपाली बजारमा

बुधबार, १६ कात्तिक २०७९, १७ : ३६
बुधबार, १६ कात्तिक २०७९

स्मार्टफोन कम्पनी साओमीले नेपाली बजारमा रेडमी प्याड लन्च गरेको छ । यो साओमीको रेडमी सबब्रान्ड अन्तर्गत को पहिलो ट्याब्लेट भएको बताइएको छ ।  यस प्याडमा सबै आवश्यक फिचरहरु समावेश भएको साओमीले जनाएको छ ।  

लन्चमा बोल्दै साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “रेडमी सब–ब्रान्ड अन्तर्गत रेडमी  प्याड लन्च गर्न पाउँदा हामी एकदमै उत्साहित छौँ । सुपथ मूल्यमा आधुनिक ट्याब्लेटको अनुभव लिन चाहने मानिसहरूलाई ध्यानमा राखेर हामीले यो ट्याब्लेट ल्याएका हौँ । १०.६१ इन्चको डिस्प्लेमा ९० हर्जको रिफ्रेश रेट भएको यस ट्याब्लेटमा बटरि स्मुथ भ्युइङ एक्पिरिएन्स लिन सकिन्छ । ८००० एम्एएच्को शक्तिशाली ब्याट्रिले यो प्याडमा काम गर्न, पढ्न अथवा मनोरन्जनकै लागि प्रयोग गर्दा पनि दिनभरी चलाउन सकिन्छ । २ के रेजोल्युसनमा बनाइएको यो प्याड फ्ल्यागशिप लेभल स्लिक र स्टाइलिश छ । साथै यसको स्टोरेज पनि १ टिबि सम्म बढाउन मिल्छ ।” 

ट्याब्लेटको मुल्य ३४,९९९ रहेको छ । रेडमी ट्याब कार्तिक १६ गतेबाट नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप