आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

प्रवासी नेपाली मञ्चको पहिलो अधिवेशन काठमाडौंमा हुने

बुधबार, १६ कात्तिक २०७९, १६ : १६
बुधबार, १६ कात्तिक २०७९

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन काठमाडौंमा हुने भएको छ ।  कमिटीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही कार्तिक १९ र २० गते सो अधिवेशन गर्ने औपचारिक जानकारी गराएको हो ।

बुढानिलकण्ठस्थित पार्क भिलेज रिर्सोटमा अधिवेशनको उद्‍घाटन पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने पनि कमिटीका प्रचार विभाग प्रमुख प्रभुराम थापाले बताए । 

‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नाराका साथ आयोजना हुन गइरहेको अधिवेशनमा ४० देशका ३ सय भन्दा बढि प्रतिनिधिहरु सहभागी हुनेछन् । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिवसहित ३१ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप