आयोगको चुनौती : राजनीतिक दल र उम्मेदवारले आचारसंहिता नछोइ हाम्रा संयन्त्र निष्क्रिय बनाइदिए हुन्छ
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता पालनाका सवालमा सबै राजनीतिक दल र उम्मेदवारले आफूहरू कहीँ कतै आचारसंहिता उल्लङ्घनका कुनैपनि अंश छुँदैनौ भनेर आयोगको संयन्त्र नै निष्क्रिय बनाइदिन आग्रह गरेका छन् ।
‘राजनीतिक दल र उम्मेदवारहरूले आजदेखि घोषणा गरिदिए भयो कि, ए १ निर्वाचन आयोग यत्रो पत्रकार सम्मेलन गरेर तल संयन्त्र बनाएँ, फलानालाई जिम्मेवारी दिएँ भनिरहेका छौँ । हामी कहीँकतै कुनै आचारसंहिता उल्लंघनको कुनै अंश नै छुँदैनौ भनेर हामीलाई चुनौती दिएर हाम्रा सबै संयन्त्र निष्क्रिय बनाइदिए भैगो १’, उनले भने आचारसंहिता पालनाको सबैभन्दा सजिलो र पहिलो उपाय यो हुने बताए ।
उनले आचारसंहिताका दुई पाटा भएको भन्दै एउटा पाटो प्रचारप्रसार र अर्को दण्डात्मक पक्ष रहेको बताए । ‘दण्डात्मकको पाटोमा तीन चरणमा कारबाही हुन्छन् । त्यसमा पहिलो स्पष्टीकरण सोध्छौ, स्पष्टीकरण सोधिसकेपछि उहाँहरूले जवाफ दिनुहुन्छ’, उनले भने, ‘हामी कारबाहीको प्रक्रियामा छौँ, देखिने गरी नै अगाडि बढाउँछौं । चित्तबुझ्दो जवाफ आयो भने सचेत गराएर छोड्छौं, हैनभने दण्ड जरिवाना गर्छौं त्यो भनेको उम्मेदवारी खारेज सम्म पनि हो ।’
उनले कतिपयले स्पष्टीकरणको जवाफ पेश गर्दा निर्वाचन आयोगले कुनै व्यक्तिलाई फसाउन आफै त्यस्ता डकुमेन्ट बनाएर आफैले सामाजिक सञ्जालमा हालेको भन्नेजस्ता पनि आएको भन्दै असन्तुष्टि जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण