मतदानका दिन सवारीसाधन सञ्चालनमा रोक लगाउन गृहमन्त्रालयको सुझाव छ : आयोग
बुधबार, १६ कात्तिक २०७९, १५ : ०२

निर्वाचन आयोगले आसन्न निर्वाचनको मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने सरोकारवालाको सुझाव रहेको जनाएको छ ।
आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गृहमन्त्रालयसहित सरोकारवाला निकायले मतदानको दिन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने सुझाव दिएको जानकारी दिए ।
तर, यसबारे आयोगले उपयुक्त निर्णय लिने उनले बताए । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको मतदान आगामी ४ मङसिरमा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रघुजी पन्त शिक्षामन्त्री नियुक्त
-
प्रधानमन्त्री रिसाएपछि ऊर्जा राज्यमन्त्रीको पद चट
-
तीनकुने घटनामा संलग्न थप एक जना पक्राउ
-
भक्तपुरमा बसको ठक्करबाट पार्किङमा राखिएका १० वटा दुईपांग्रे सवारीमा क्षति
-
गृहमन्त्रीले गराए कान्छारामलाई बर्खास्तीको जानकारी
-
उपप्रधानमन्त्री सिंह र भारतीय सहरी मामिला मन्त्रीबिच भेटवार्ता