चुनाव बिथोल्ने विप्लव समूहको निर्णयपछि सुरक्षा निकायसँग आयोगको छलफल
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बिथोल्ने विप्लव समूहको निर्णयपछि निर्वाचन आयोगले सुरक्षा निकायसँग छलफल गरेको । बुधवार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसबारे जानकारी दिएका हुन् ।
उनले आयोगले यो वर्ष सर्वसहमतिमा चुनाव हुने विश्वास गरेकोमा उक्त समूहको निर्णय अनपेक्षित रहेको बताए । यसबारेमा सुरक्षा निकायसँग आयोगले छलफल गरेको बताउँदै उनले शान्तिपूर्ण रूपमा चुनाव हुने विश्वास व्यक्त गरे । आयोगले प्रधानमन्त्रीसहित संघ र केन्द्रका मन्त्रीले आयोगको सहमतिमा मात्र निर्वाचन प्रचारप्रसारमा जान पाउने उल्लेख गरे ।
यस्तै चुनाव प्रचारका क्रममा लागेको खर्च विवरण मंसिर ४ गतेदेखि १५ दिनभित्र बुझाउनु पर्ने जानकारी गराए । उनीहरूले बुझाएको खर्च विवरणको रजिस्टर्ड लेखा परीक्षकबाट लेखा परीक्षण गर्ने बताए । यस्तै मिथ्या सूचना नियन्त्रण गर्न सामाजिक सञ्जाल नियमनका लागि सामाजिक सञ्जाल सेवा प्रदायक संस्थासँग पनि आयोगले छलफल गरेको जानकारी गराए । यस्तै निर्वाचन क्षेत्रहरूमा अनुगमन गर्न जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन समितिलाई सक्रिय बनाएको प्रमुख आयुक्त थपलियाले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण