शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घरको छतमा ड्रागन खेती

बुधबार, १६ कात्तिक २०७९, १४ : ५२
बुधबार, १६ कात्तिक २०७९

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का धनसिंह धामीले घरको छतमा ड्रागन फलको व्यावसायिक खेती गरेका छन् । तीन वर्ष अगाडिदेखि घरको छतमा ड्रागन फलको खेतीमा लागेका उनले अहिले फल बेचेर मनग्य आम्दानी गरिरहेका छन् ।

“तीन वर्ष अगाडि ड्रागन फलका बारेमा सुनेको थिएँ, मलाई पनि खेती गर्ने इच्छा जाग्यो, त्यसका लागि सुरुमा कौसीमै खेती गर्ने योजना बनाएँ”, उनले भने, “तीन÷चार महिना यसबारेमा अध्ययन गरेपछि घरको छतमै ड्रागनको बोट रोपेको थिए ।” यो खेती अहिले परिवारको जीविकोपार्जन गर्ने स्रोत बनेको उनको भनाइ छ । “अहिले व्यवसाय राम्रै चलेको छ, यो फलको माग धेरै आउँछ”, उनले भने, “यो सिजनमा मैले रु ६०÷७० हजारको फल बिक्री गरिसकेँ, यसैबाट परिवारको खर्च जोहो गरिरहेको छु ।”

सुरुमा भारतको गुजरातबाट ड्रागनको ३० वटा बिरुवा ल्याएर घरको छतमा लगाएको उनले बताए । छतमा उत्पादन भएको यसको फलको प्रत्येक बिरुवा रु पाँच सयका दर बिक्री गर्ने गरेको उनले बताए । “ड्रागनको फल र बिरुवा दुवै बिक्री गर्ने गरेका छौँ, फलको प्रतिकेजी एक हजारको दरले बेच्छौँ”, धामीले भने, “अहिले बारीमा आठ सय ग्रामसम्मको फल लागेका छन् ।” उनका अनुसार यसपटक कौसीको ड्रागन फलको बारीमा डेढ क्विन्टल फल उत्पादन भएको छ । भारतबाट भित्रिने फलभन्दा स्वदेशमै उत्पादन भएको फलको स्वाद राम्रो रहेको उनले बताए । 

“चिसो मौसममा उत्पादन हुँदैन, यो खेतीबाट फल र बिरुवा दुवै बिक्री गरेर आम्दानी गर्न सकिन्छ”, उनले भने, “यो व्यवसायबाट सन्तुष्ट छु, जीविकोपार्जन गर्न सकिएको छ ।” पछिल्लो समय ड्रागनको फल र बिरुवाको माग अत्यधिक भएकाले पु¥याउन मुस्किल पर्ने गरेको उनको भनाइ छ । अर्काको मुलुकमा श्रम बेच्नुभन्दा स्वदेशमै आफ्नै उद्यम गरेर विदेशको जस्तै मनग्य आम्दानी गर्न सकिने धामीले बताए । “त्यसका लागि सरकारले पनि युवालाई स्वदेशमै कृषिमा जोड्ने कार्यक्रम ल्याउनु आवश्यक छ”, उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप