प्रचारप्रसारको शैली परिवर्तन : पार्टी र उम्मेदवारले बिहीबारबाट आमसभा गर्न पाउने
बिहीबारबाट राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिता बमोजिम खुला रूपमा प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरेर मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कात्तिक १७ गतेबाट प्रचार शैली परिवर्तन गरेर गर्न पाउने बताएको हो ।
‘मंसिरमा हुने निर्वाचनका लागि आयोगले दुई चरणको प्रचार शैली तय गरेकोमा एक पहिलो चरणको सकिएर बिहीबारबाट अर्को चरण सुरु हुनेछ’, प्रमुख आयुक्त दिनेश थपलियाले पत्रकार सम्मेलनमा जानकारी दिए, ‘बिहीबारबाट आचारसंहितामा तोकिए बमोजिम सबै राजनीतिक दल र उम्मेदवारहरूले आमसभा, भेला, कोणसभा, जुलुस लगायतमार्फत निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् ।’
उनले आयोगले निर्वाचन आचारसंहिता पालना भएनभएकोबारे सूक्ष्म अनुसन्धान गरिरहेको तथा उम्मेदवारहरूले निर्वाचनमा गर्न पाउने खर्चबारे सीमा तोकेको भन्दै सोही अनुसार गर्न आग्रह गरे । यसअघि आयोगले कात्तिक १६ सम्म २५ जना भन्दा बढीको समूहमा घरदैलो समेत गर्न नपाउने आचारसंहिता बनाएको थियो ।
निर्वाचनको निष्ठालाई जोगाउन सबै क्षेत्रबाट सहयोग गर्न पनि निर्वाचन आयोगले विशेष आग्रह गरेको छ । आयोगले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सम्बन्धित सबैलाई आग्रह गर्दै निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाबारे आयोगले छानबिन प्रक्रिया अगाडि बढाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण