बैँकबाट ११ दिनमा बाहिरियो २३ अर्ब
बैंकहरुका ११ दिनमा २३ अर्ब रूपैयाँ बाहिरिएको छ । नेपाल बैंकर्स संघका अनुसार गत असोज ३१ गतेदेखि कात्तिक ११ गतेसम्ममा वाणिज्य बैंकहरुबाट २३ अर्ब रूपैयाँ बाहिरिँदै कुल ४५ खर्ब २४ अर्ब निक्षेप कायम भएको हो ।
गत असोज ३१ गते २६ वटा वाणिज्य बैंकहरुमा ४५ खर्ब ४७ अर्ब रूपैयाँ निक्षेप जम्मा भएको थियो ।
उसो त निर्वाचनको मिति नजिकिएसँगै चुनावी गतिविधिकै कारण बैंकबाट पैसा बाहिरिन थालेको बैंकहरुको अनुमान छ । बैंकर्स संघका अनुसार कात्तिक ४ गतेसम्म बैंकहरुबाट ६ अर्ब रुपैयाँ बाहिरिएकोमा ११ गतेसम्म थप १७ अर्ब रूपैयाँ बाहिरिन पुगेको छ ।
यद्यपि, समीक्षा अवधिमा बैंकहरुले ५ अर्बले कर्जा लगानी बढाएका छन् । गत असोज ३१ गतेसम्म ४२ खर्ब २० अर्ब रूपैयाँ कर्जा लगानी गरेका बैंकहरुले कात्तिक ११ गतेसम्म ५ अर्ब रूपैयाँले कर्जा बढाउँदै कुल ४२ खर्ब २५ अर्ब लगानी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण