सल्यानमा गठबन्धनद्वारा ५११ सदस्यीय निर्वाचन परिचालन समिति गठन
सल्यानमा सत्तारुढ गठबन्धन दलहरूले संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको छ । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य टेकबहादुर बस्नेतको संयोजकत्वमा ५ सय ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको हो ।
तीनवटै दलहरूले संयुक्त रुपमा समिति बनाएका हुन् । उक्त समितिको सह–संयोजकमा कांग्रेसका सभापति केशबहादुर विष्ट, माओवादीका कृतिबहादुर पुन, समााजवादीका हरि केसी लगायतका नेताहरु रहेका छन् । यस्तै नेता बस्नेतककै संयोजकत्वमा २५ सदस्यीय जिल्ला कार्य सम्पादन समिति पनि गठन गरिएको छ ।
गठबन्धनका साझा उम्मेदवार समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले उक्त समितिहरुले गठबन्धनका उम्मेदवारलाई चुनाव जिताउनका लागि समन्वयनकारी भूमिका खेल्नेछन् । सल्यानबाट प्रतिनिधि सभातर्फ गठबन्धनबाट समाजवादीका ज्वाला र प्रदेश (क) मा माओवादीका भीमप्रकाश शर्मा र (ख) मा कांग्रेसका सुरेश अधिकारी उम्मेदवार छन् । साथै गठबन्धन दलहरूको संयुक्त निर्वाचन परिचालन कार्यालय समेत स्थापना गरेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन