बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

हिमालय एअरलाइन्सद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने घोषणा

बुधबार, १६ कात्तिक २०७९, १२ : २२
बुधबार, १६ कात्तिक २०७९

हिमालय एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने घोषणा गरेको छ ।  त्यसका लागि एयरलाइन्सलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डिलिन्ग तथा गौतम बुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड हैन्डिलिन्ग अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरण सकारात्मक बनेको छ । 

यस अनुसार एअरलाइन्स्ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा क्वालालम्पुर नियमित चार्टर उडान गर्ने जनाइएको छ । नेपाल र मलेसियाको  नागरिक उड्डयन प्राधिकरण र अन्य सान्दर्भिक ओभरफ्लाईङ इजाजतपत्र प्राप्त भए पश्चात ३ नोभेम्बरदेखि उडान सञ्चालन हुने अपेक्षा गरिएको एयरलाइन्सले जनाएको छ । 

प्रारम्भिक चरणका लागि एअरलाइन्स्ले भैरहवा–क्वालालम्पुर–भैरहवा सेक्टरमा उडान भर्ने छ भने भविष्यमा गौतमबुध्द विमानस्थलमा कमर्सियल ग्राउन्ड हैन्डिलिन्ग अनुमति प्राप्त भएपछि अन्य क्षेत्रमा पनि उडान विस्तार गरिने प्रशासनका उपाध्यक्ष, विजय श्रेष्ठले बताए ।

उनले भने, ‘हामीले भैरहवाबाट नियमित उडानहरू सञ्चालन गर्न निरन्तर रुपमा लागिरहेका छौं । हिमालय एअरलाइन्स्को गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान सञ्चालनले यात्रुको सुविधासँगै अन्तर्राष्ट्रिय गन्तव्यहरुसँग नेपालका विभिन्न क्षेत्रहरूको अझ राम्रो कनेक्टिभिटी हुने कुरामा हामी आशावादी छौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो देशकोे साझा राष्ट्रिय गौरव हो र यस विमानस्थलले धार्मिक पर्यटनको बढोत्तरीमा विशेष योगदान पुर्याउने सम्भावना भएकोले यस दिशामा हामी सबैले हातेमालो गर्नु पर्दछ ।’

हिमालय एयरलाइन्सले आफ्नो सञ्जालमा नयाँ थपिएको क्षेत्र भैरहवासँगै गुणस्तरीय नियमित उडान र ग्राउन्ड सर्भिस उपलब्ध गराउन पनि प्रतिबद्ध रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप