शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीन महिनामा पौने चार अर्बको फलफूल नेपाल भित्रियो

बुधबार, १६ कात्तिक २०७९, ११ : ४०
बुधबार, १६ कात्तिक २०७९

चालू आर्थिक वर्ष २०७९-८० को पहिलो तीन महिनामा विभिन्न देशबाट नेपालमा पौने चार अर्ब रूपैयाँको फलफूल भित्रिएको पाइएको छ । २०७९  सालको साउन, भदौ र असोज महिनामा उक्त मूल्य बराबरको फलफूल नेपालमा भित्रिएको हो । 

भन्सार विभागका अनुसार बितेको तीन महिनामा कुल ३ अर्ब ७९ करोड ८६ लाख ५३ हजार रूपैयाँको फलफूल नेपालले आयात गरेको छ ।  उक्त समयमा नेपालले १६ करोड २३ लाख ५९ हजार रूपैयाँको १ करोड १३ लाख ७ हजार ४४६ केजी केरा आयात गरेको छ । सोही समयमा ७ करोड ९३ लाख ३ हजार रूपैयाँको भुइँकटहर नेपाल भित्रिएको छ । 

विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १ करोड ४९ लाख ८ हजार रूपैयाँको ५१ हजार १९० केजी एभोकार्डो, १८ करोड ७४ लाख रूपैयाँको ३७ लाख केजीभन्दा बढी आँप र अम्बा, १७ करोड ४ हजार रूपैयाँको २३ लाख २४ हजार २८३ केजी कागती र ११ करोड ८ लाख १४ हजार रूपैयाँको खरबुजा नेपाल भित्रिएको छ । 

यस्तै १० करोड ८० लाख १५ हजार रूपैयाँको ३० लाख ५३ हजार ४७४ केजी मेवा, २ अर्ब २४ करोड ९६ लाख ३९ हजार रूपैयाँको स्याउ र २९ करोड ७६ लाख ५६ हजार रूपैयाँको २८ लाख ७१ हजार १७६ केजी अनार पछिल्लो तीन महिनामा नेपालले आयात गरेको विभागले जनाएको छ । 

विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८-७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ४ खर्ब ५६ करोड ९४ लाख ४४ हजार रूपैयाँको फलफूल आयात गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप