आम निर्वाचनमा सुरक्षाकर्मीबाहेक दुई लाख ४६ हजार जनशक्ति परिचालित
४ मंसिरमा हुने आम निर्वाचनमा सुरक्षाकर्मीबाहेक २ लाख ४६ हजार जनशक्ति परिचालित हुने भएको छ । निर्वाचन आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य पदमा गरी सो संख्याका जनशक्ति परिचालन हुने भएका हुन्। यी मध्ये केही जनशक्ति परिचालन भइसकेका छन् ।
समानुपातिक निर्वाचन प्रणालीका मुख्य निर्वाचनको कार्यालयमा ५५ जना, निर्वाचनका लागि गत असोज २० गतेसम्ममा सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आइसकेको छ । निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा खटिने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदको सिफारिसमा जिल्ला अदालतका न्यायाधीश र निर्वाचन अधिकृतका लागि न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवाका राप द्वितीय श्रेणीका कर्मचारीलाई खटाउने गरिएको छ ।
२ सय ५० सम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत १(१ जनासहित ९ जना, २ सय ५१ देखि ५ सयसम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत १(१ जनासहित ११ जना कर्मचारी रहनेछन् । पाँच सय भन्दा बढी मतदाता भएका मतदान केन्द्रमा थप १ जना स्वयंसेवक रहनेछन् । कार्यविधिमा अस्थायी मतदान केन्द्रको पनि व्यवस्था रहेको छ ।
मतदान केन्द्र सम्बन्धी खर्च तथा मतदान केन्द्रमा खटिने मतदान अधिकृत लगायतका कर्मचारीलाई दैनिक तथा भ्रमण खर्च भुक्तानी दिने कार्यलाई व्यवस्थित गर्न थप जनशक्ति आवश्यक भएमा निर्वाचन अधिकृतले बढीमा ५ दिनको लागि मतदान केन्द्रको आधारमा लेखापाल वा सह लेखापाललाई काजमा ल्याउन सक्नेछ ।
मतपत्र रुजु गर्ने, प्याकेजिङ्ग गर्ने तथा मतदान अधिकृतलाई मतपत्र बुझाउने कार्यका लागि थप जनशक्ति आवश्यक पर्ने भएमा निर्वाचन अधिकृतले बढीमा पाँच दिनको लागि मतदाता संख्याका आधारमा राजपत्र अनङ्कित वा सो सरहका कर्मचारी काजमा ल्याउन सक्नेछ । सोका लागि १५ हजारसम्म मतदाता भएका निर्वाचन क्षेत्रको लागि एक जना, १५ हजार एकदेखि ३० हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रको लागि २ जना, ३० हजार १ देखि ४५ हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रको लागि ३ जना, ४५ हजार १ देखि ६० हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रको लागि ४ जना, ६० हजार १ देखि ७५ हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रको लागि ५ जना, ७५ हजारभन्दा बढी मतदाता भएको निर्वाचन क्षेत्रको लागि ६ जना कर्मचारी काजमा ल्याउन सकिनेछ ।
मतदान केन्द्रको लागि आवश्यक पर्ने अन्य निर्वाचन सामग्रीको चेकजाँच, रुजु, भण्डारण, बाँडफाँट तथा वितरण गर्ने प्रयोजनको लागि निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारीबाट अपुग हुने देखिएमा निर्वाचन अधिकृतले बढीमा ५ दिनको लागि थप जनशक्ति काजमा ल्याई कार्यसम्पादन गर्न सकिनेछ । सोका लागि १ सयसम्म मतदान केन्द्र भएका निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयको लागि राजपत्र अनङ्कित वा सो सरहको एक जना र श्रेणीविहीन वा सो सरहको कर्मचारी १ जना गरी जम्मा २ जना, १ सय १ देखि २ सयसम्म मतदान केन्द्र भएका निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयको लागि राजपत्र अनङ्कित वा सो सरहको कर्मचारी २ जना र श्रेणीविहिन वा सो सरहको कर्मचारी १ जना गरी ३ जना, २ सय भन्दा बढी मतदान केन्द्र भएका निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयको लागि राजपत्र अनङ्कित वा सो सरहको कर्मचारी ३ जना र श्रेणी विहीन वा सो सरहको कर्मचारी १ जना गरी ४ जना रहन सक्नेछन् ।
आयोगले निर्वाचन कार्यालयको मौजुदा जनशक्तिबाट निर्वाचन सम्बन्धी काम समयमा सम्पन्न गर्न नसकिने भएमा निर्वाचन कार्यालयले निर्वाचनको मिति घोषणा भएपछि बढीमा २ महिनाको लागि कर्मचारी काजमा लिन सक्नेछ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानलाई जिल्याउँदै नेपाल सेमिफाइनलमा, मंगलबार भारतसँग भिड्ने
-
उच्च अंकले घट्यो नेप्से, परिसूचक २६३१ बिन्दुमा
-
गोरखाको ९ वटा पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न
-
रूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
-
कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले पाकिस्तानलाई हरायो
-
प्रहरीद्वारा शोभा पाठक पक्राउ