डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्न महालक्ष्मी विकास बैँकले ल्यायो नयाँ योजना

“सबल बैँक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैँकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाइल एप प्रयोगकर्ताहरूका लागि “महालक्ष्मी बैँक २ ३ ४ को जादु” योजना सञ्चालनमा ल्याएको छ ।
यस योजना अन्तर्गत महालक्ष्मी मोबाईल एप प्रयोग गरी दुई महिनासम्म तीन वटा कारोबार गर्ने ग्राहकहरू मध्ये भाग्यशाली चार ग्राहकहरुले स्मार्ट फोन प्राप्त गर्न सक्नेछन् । बैँकले यस योजना हालसम्म महालक्ष्मी मोबाईल एप प्रयोग नगरेका ग्राहकहरुलाई लक्षित गर्दै नोभेम्बर १, २०२२ देखी डिसेम्बर ३१, २०२२ सम्म सञ्चालन गर्न लागेको हो ।
ग्राहकले दुई महिनासम्म तीनवटा कारोबार गर्दा कारोबार रकम न्यूनतम रु.एक सय वा सो भन्दा माथि साथै कम्तीमा पनि एउटा कारोबार मोबाइल टपअपको हुनुपर्ने बैँकले जनाएको छ ।
बैँकले ग्राहकहरुको बैंकिङ्ग आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै डिजिटल बैंकिङ्गका साथसाथै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ महिनामा तीन हजार बढी फरार प्रतिवादी पक्राउ
-
२०८४ को चुनावमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई कांग्रेस सांसदको सुझाव
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा
-
रौतहटमा युवकको शव फेला
-
अस्ट्रेलियाको भनेर भारतको राष्ट्रगान बजाएपछि पाकिस्तान क्रिकेट बोर्ड आईसीसीसँग रुष्ट
-
‘पहाड’ को छायाङ्कन पुनः सुरु