मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पाकिस्तानी प्रधानमन्त्री सरिफ चीन भ्रमणमा

बुधबार, १६ कात्तिक २०७९, ०७ : १६
बुधबार, १६ कात्तिक २०७९

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले चीनको भ्रमण सुरु गरेका छन् । प्रधानमन्त्री सरिफ एक उच्चस्तरीय प्रतिनिधिमण्डलसँगै मंगलबार साँझ चीनको राजधानी बेइजिङ पुगेका छन् । दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री सरिफले  चीनका राष्ट्रपति सी जिनपिङलाई भेट्न जाँदैछन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २० औँ महाधिवेशन सकिएपछि सीले पार्टी महासचिवको रूपमा तेस्रो कार्यकाल पाएको केही दिनपछि सरिफ चीन पुगेका हुन् ।   चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा सरिफले भ्रमण गरेका हुन् । । सरिफसँगै विदेशमन्त्री बिलावल भुट्टो जरदारी पनि भ्रमणमा छन् । 

भ्रमणका क्रममा सरिफलले  ६५ अर्ब डलर लगानीको चीन पाकिस्तान आर्थिक करिडरलगायतका विषयमा छलफल गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप