शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

आम निर्वाचन : रचनात्मक र प्रविधिमैत्री प्रचारशैली

मङ्गलबार, १५ कात्तिक २०७९, २२ : ४२
मङ्गलबार, १५ कात्तिक २०७९

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग चुनावी मैदानमा उत्रिएका बागलुङ क्षेत्र नम्बर १ का एमाले उम्मेदवार सूर्य पाठकले आफ्नो प्रचार अभियानलाई रचनात्मक र प्रविधिमैत्री बनाएका छन् । हरेक मतदाताकहाँ पुगेर उनीहरुसँग मत मागिरहेका पाठकको प्रचार अभियानमा प्रविधिको समेत प्रयोग गरेका हुन् । 

पाठकले भोट माग्नका लागि घरदैलोदेखि अन्तरक्रिया र सामाजिक सञ्जाल र प्रविधिको सम्पूर्ण रुपमा प्रयोग गर्दै आएका छन् । पाठकले घरदैलोका क्रममा भिडियो कलमार्फत घरबाहिर भएकासँग समेत मग माग्ने गरेका छन् । उसो त मेलापात वा खेतबारीमै पुगेर मत माग्नमा पनि पाठक व्यस्त छन् । तिहारको देउसी भैलो होस् वा बूढापाकासँग लगातार आशीर्वाद मागेर होस् उनले निरन्तर आफ्नो पक्षमा मतमत बटुल्न प्रयास गरिरहेका छन् । 
चुनावका बेलामात्रै नभएर हरेक समय आफू बागलुङबासीको साथमै रहेको पाठक बताउँछन् । चुनाव मिति नजिकिँदै जाँदा बागलुङको चुनावी माहोल तातिएको छ भने नेताहरु मतदातालाई आकर्षित गर्न व्यस्त छन् । 

उसो त केसीले पनि घरदैलोलाई तीव्र पारेका छन् । बागलुङ १ मा केसी र पाठकबीचको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । 

सो क्षेत्रमा राप्रपाका लक्ष्मी प्रसाद सापकोटा कांग्रेस बीपीका शिवलाल सापकोटा,राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल र एक स्वतन्त्र चन्द्र बहादुर क्षेत्रीले पनि उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप