शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ

मङ्गलबार, १५ कात्तिक २०७९, २२ : ४०
मङ्गलबार, १५ कात्तिक २०७९

कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन जना युवक पक्राउ गरेको छ । जिल्लाको बेलौरी नगरपालिका–१० भुडाबाट मंगलबार अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ ९५० मिलिग्रामसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–४ झलारीका २३ वर्षीय हरेन्द्र कुँवर, सोही नगरपालिका–११ कलुवापुरका १८ वर्षीय किशोर र धनगढी उपमहानगरपालिका–२ मिलन चोकका २२ वर्षीय सुदीप धामी रहेका छन् । 
प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले सुपप्र ०१ ००९ प ९९५१ नम्बरको मोटरसाइकलमा जाँच गर्दा उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले बताएको छ । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप