मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

दार्चुलामा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु

मङ्गलबार, १५ कात्तिक २०७९, २२ : ०४
मङ्गलबार, १५ कात्तिक २०७९

दार्चुलामा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु भएको छ । जिल्लाको व्याँस गाउँपालिका-६ हुतीका २१ वर्षीय वीरेन्द्र टमाटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत शनिबार महाकाली नगरपालिका–५ किम्तडीमा से १ प २०७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका थिए । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि टमाटालाई भारतको पिथौरागढ पठाइएकोमा त्यहाँबाट पनि हल्द्वानी लैजाने क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

चालक महाकाली–५ का हिमांशु शाही पनि दुर्घटनामा घाइते भएका र उनी आज जिल्ला अस्पतालबाट डिस्चार्ज भएका प्रहरीले बताएको छ । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप