बद्री पंगेनीले गाए माओवादीको चुनावी गीत
मङ्गलबार, १५ कात्तिक २०७९, २१ : २०
नेकपा एमालेको चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’ गायक बद्री पंगेनीले यसपटक भने नेकपा माओवादी केन्द्रको पनि चुनावी गीतमा स्वर दिएका छन् । ‘अघि अघि प्रचण्ड’बोलको माओवादी केन्द्रको चुनावी गीतमा पंगेनीले स्वर दिएका हुन् । जसमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छन् । स्मिता प्रचण्डकी नातिनी हुन् ।
गीतमा शब्द एकनारायण भण्डारीले लेखेका हुन् । भण्डारीले एमालेको चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’ कोरेका थिए । गीतमा बद्री पंगेनी र प्रिया भण्डारीको स्वर छ । ‘अघि अघि प्रचण्ड’ गीतको भिडियोमा करिश्मा ढकाल, लोमश शर्मा र चेतन गोतामेले अभिनय छ । मौसम हिमालीको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ सरकार गठनबारे कांग्रेस–एमालेबिच सहमति, देउवा र ओलीद्वारा हस्ताक्षर
-
देउवा र ओली मध्यरातमा पुगे शीतल निवास
-
बेल्जियमलाई पाखा लगाउँदै फ्रान्स क्वार्टरफाइनलमा
-
मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन
-
एमालेसँग छलफल टुंगाएर कांग्रेस नेता बूढानीलकण्ठमा
-
रोल्पा जिप दुर्घटना अपडेट : नाबालकसहित ७ जनाको मृत्यु, ८ जना घाइते