एमाले धुलिखेल सह-इन्चार्ज लामाले छोडे पार्टी
मङ्गलबार, १५ कात्तिक २०७९, २० : ५१
एमाले धुलिखेल नगर सह-इन्चार्ज एसाबहादुर तामाङले पार्टी परित्याग गरेका छन् । पार्टीमा बढ्दै गएको व्यक्तिवादी प्रवृत्तिको बढेको बताउँदै तामाङले पार्टी छोडेका हुन् । लोकतान्त्रिक-बाम गठबन्धनलाई सहयोग गर्ने गरी पुरानै पार्टीमा फर्केको तामाङले बताए ।
राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रहेका एमाले खानिखोला गाउँपालिका उपसचिव वीरेन्द्र लामा (निमा) सहित ४० जना एमाले कार्यकर्ताले पनि पार्टी छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्र प्रवेश गर्नेहरूमा युवा संघ नेपाल बागमती प्रदेश कमिटी सदस्य विजय लामा, काभ्रे जिल्ला कमिटी सदस्य बुद्ध लामा, जगत भोलन, एमाले निकट खेलकुद महासङ्घ जिल्ला सदस्य दीपक गोले रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी