तीन महिनादेखि बन्द हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालन

तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि क्लिङ्कर उत्पादन सुरु भएको छ । भट्टीमा कोइलाको आपूर्ति गरेर आजै काम सुरु गरिएको सिमेन्ट उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगलाई चाहिने गुणस्तरीय कोइला बोलपत्रमार्फत भारत, भुटान, इन्डोनेसियालगायत अन्य देशबाट आपूर्ति गरिएको छ । हाल १४ हजार म्याट्रिक टन कोइला आपूर्ति भइरहेको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।
उद्योगमा केही महिनादेखि आर्थिक अभावको कारणबाट समयभित्रै कोइला आपूर्ति गर्न कठिनाइ भएको थियो । हाल वैकल्पिक उपायको अवलम्बन गरी सिमेन्टको पुनः उत्पादन सुरु गरिएको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले राससलाई बताए । उनका अनुसार उद्योगले तीन महिनासम्म उत्पादन बन्द गर्नुपर्दा निकै क्षति व्यहोर्नुपरेको र वैकल्पिक आर्थिक कारोबारको लागि उपाय अवलम्बन गरेर मात्रै उद्योग सञ्चालनमा ल्याउन सहज भएको छ ।
उद्योगका उपकरणको मर्मतसम्हारको लागि दुई हप्ता उत्पादन बन्द गरिएको भए पनि कोइलाको अभावले गर्दा साउनको दोस्रो हप्तादेखि सिमेन्ट उत्पादन कार्य बन्द गर्न बाध्यता भएको उद्योग व्यवस्थापनले जनाएको छ । सो उद्योगबाट दैनिक १० देखि १४ हजार बोरा गुणस्तरीय सिमेन्ट उत्पादन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय