बारामा एमाले प्रदेश कमिटी सदस्यसहित ७६ जनाद्वारा सामूहिक राजीनामा
बारामा नेकपा एमालेका ६ जना मधेस प्रदेश कमिटी सदस्य सहित ७६ जनाले सामूहिक राजीनामा दिएका छन् । एमाले प्रदेश कमिटी सदस्यहरू श्रीकाजी मोक्तान (अशोक लामा),उमेश कुशवाह,कलामुद्दीन अन्सारी,प्रदीप साह,देवराज घिमिरे,रेहाना खातुन, जिल्ला कमिटी सदस्यहरुमा दुख नारायण साह, बलीराम प्रसाद यादव,सहीम हवारी, रुपबहादुर पाख्रिन, रामएकवाल यादव,मदन साह,विकास कुशवाह लगायतले प्रेस विज्ञप्ति जारी गरेर सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।
साथै सामूहिक राजीनामा दिनेहरूमा फैसल अन्सारी, मुस्ताफा अन्सारी,पुरेन्द्र मोक्त्तान, साद अन्सारी,साउद अन्सारी,सलाउद्दीन अन्सारी,अब्दुल्लाह अजाद, अब्बाद अन्सारी, अम्मार अन्सारी,किसान संघ जिल्ला कमिटी सदस्य जादोलाल गोठ,अनेरास्ववियु जिल्ला कमिटी सदस्य राकेश वैठा,दलित जिल्ला कमिटी सदस्य राम भरोस राम सहित ७६ जनाले विज्ञप्ति नै जारी गरेर सामूहिक राजीनामा दिएका हुन् ।
एमाले मधेस प्रदेश कमिटी सदस्य श्रीकाजी मोक्तानले निर्वाचनको मुखमा रातारात जनता समाजवादी पार्टीसँगको अप्राकृतिक गठबन्धनको कारण बाध्य भएर पार्टीबाट सामूहिक राजीनामा दिनुपरेको बताए । ‘पार्टी छोड्नु हाम्रो रहर होइन बाध्यता हो, पार्टी नेतृत्वले तल्लो तहको सरसल्लाह विपरीत जुन रातारात जसपासँगको गठबन्धन भयो हाम्रो त्यसमा घोर विरोध हो,’ मोक्तानले भने, ‘हिजो मधेस आन्दोलन गतिविधिमा संलग्न पार्टी, ५ वर्ष मधेस प्रदेश सरकार भ्रष्ट भयो भनेर हामीले जुन दलको विरोध गर्‍यौँ, आज तिनै दलसँग नैतिकताका आधारमा सँगै बस्न हामी सक्दैनौ त्यसैले नैतिक रूपमा पार्टीबाट सामूहिक राजीनामा दिएका हौँ ।’
राजीनामा दिनेहरू मध्ये अधिकांश बारा निर्वाचन क्षेत्र नं ३ र ४ का पार्टी सक्रिय नेता तथा कार्यकर्ता रहेका छन् । उनीहरूले पार्टीबाट राजीनामा दिनुको १० वटा कारणहरू विज्ञप्तिमा उल्लेख गरेका छन् । जसमध्ये बारा–३ नं क्षेत्रमा पार्टीभित्र योग्य, इमानदार नेतृत्व गर्न इच्छुक नेता कार्यकर्ता हुदाँहुदै कार्यकर्ताको भावना विपरीत जनतामाझ अलोकप्रिय व्यक्तिलाई टिकट दिनु गलत र लज्जास्पद कार्य भएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान