शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अवस्था ठिक नभएका १६ वटा सवारीका चालक कारबाहीमा

मङ्गलबार, १५ कात्तिक २०७९, १९ : २९
मङ्गलबार, १५ कात्तिक २०७९

भक्तपुरको जगातीमा मंगलबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका हाईस, विङगर र टाटासुमो लगायतका १६ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्नुका साथै एउटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

तालिम प्राप्त प्राविधिक सहितको टोलीद्वारा आज दिउँसो गरिएको चेकिङको क्रममा हेण्डब्रेक नभएका, लाइटहरू नभएका र टायर धेरै  घिसिएका लगायत अवस्था ठिक नभएका १६ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको र एउटा सवारी साधनलाई आवश्यक अनुसन्धानका लागी नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । आज भएको चेकिङमा ४२ ओटा सवारी साधनको अवस्था चेकजाँच गरिएको थियो ।

अवस्था ठिक नभएको सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्न आज दिउँसो सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक अनिल उप्रेतीको कमान्डमा ट्राफिक प्रहरीको टोली भक्तपुरको जगातीमा क्षेत्रमा खटिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए । 

अवस्था ठिक भएमा मात्रै सवारी साधन सञ्चालन गर्नु हुन सम्पूर्ण यातायात व्यवसायी,सवारी धनी तथा चालकहरूलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप