शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

राजधानी दैनिकका सम्पादकलाई महासंघको २४ घण्टे स्पष्टीकरण

मङ्गलबार, १५ कात्तिक २०७९, १७ : ४०
मङ्गलबार, १५ कात्तिक २०७९

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले सोही शाखाका साधारण सदस्य तथा राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । श्रमजीवी पत्रकारको पक्षमा श्रम अधिकार रक्षाका लागि उभिनुपर्नेमा उल्टै श्रमजीविको हकहित विपरीत महासंघको विधानको खिलापमा हुने गरी कार्य गरेको भन्दै स्पष्टीकरण सोधिएको सचिव रामहरि कार्कीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । 

उनलाई नेपाल पत्रकार महासंघको विधान २०६० (चौथो संशोधन २०७३ सहित) को दफा ३ को उल्लंघन हुने गरी पटक पटक कार्य गरेकोले सोही विधानको दफा १८ को (३) (च) अनुसार स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप