आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश जारी

मङ्गलबार, १५ कात्तिक २०७९, २३ : ०२
मङ्गलबार, १५ कात्तिक २०७९

ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको हो ।

मेडिकल काउन्सिलको सदस्य रहेकी डा.तोसिमा कार्कीको लाभको पदमा रहेको पाइएको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तर नियमित तलब भत्ता नलिने भएको कारण उक्त पद लाभको पद नरहेको जिकिर गर्दै कार्कीले सोमबार सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दर्ता गराएकी थिइन् । 

मंगलबार पेसीमा चढेको उत्तm रिटमा न्यायाधीश चुडालको इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चको आदेशसँगै कार्कीको उम्मेदवारी तत्कालका लागि कायम भएको छ ।

अब दुई न्यायाधीश रहने संयुक्त इजलासमा यस मुद्दाको सुनुवाइ हुनेछ । विपक्षीहरुले उम्मेदवारी कायम नरहने तथ्य र प्रमाण पेस गर्न सकेमा उनको अन्तरिम आदेशको निरन्तरता नरहन सक्नेछ भने दुई न्यायाधीशको इजलासले समेत अन्तरिम आदेशको निरन्तरता हुने आदेश गरेमा उनी चुनावी प्रतिस्पर्धामा सहभागी हुन पाउनेछिन् ।

सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध विपक्षी निर्वाचन आयोग भ्याकेट निवेदन लिएर सर्वोच्च जान समेत सक्नेछ । भ्याकेट निवेदन परेको अवस्थामा उक्त रिट दुई न्यायाधीशको इजलासमा जानेछ । उक्त इजलासले एक न्यायाधीशको इजलासले दिएको अन्तरिम आदेश खारेज गरेमा उम्मेदवारको दौड सकिनेछ भने निरन्तरता भएमा उनी चुनावी प्रतिस्पर्धामा सहभागी हुन पाउनेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप