शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चमा ‘नो नट अगेन’ बारे आयोगविरुद्धको मुद्दाको सुनुवाइ बुधबार हुने

मङ्गलबार, १५ कात्तिक २०७९, २३ : ०१
मङ्गलबार, १५ कात्तिक २०७९

निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानबारे जारी गरेको विज्ञप्तिबिरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई बुधबार हुने भएको छ । आजका लागि पेसी तोकिए पनि मुद्दाको चापका कारण भोलि मात्रै सुनुवाई हुने रिट निवेदक वरिष्ठ अधिवक्ता डा.दिनेश त्रिपाठीले जानकारी दिए ।  

गतसाता आयोगले यो अभियान गैर कानुनी रहेको भन्दै थप क्रियाकलाप अघि नबढाउन निर्देशन दिएपछि त्यसको आलोचना मात्रै भएन आयोग विरुद्धको सर्वोच्च अदालतमा मुद्दा समेत पर्यो । 

वरिष्ठ अधिवक्ता त्रिपाठीले आयोगको सो कदम संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक विपरीत रहेको भन्दै रिट दायर गरेका थिए । उनले आयोगले यस सम्बन्धमा जारी गरेको सूचना स्वेच्छाचारी र बदनियतपूर्ण रहेको भन्दै उक्त सूचना खारेजीको माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप