कम्युनिष्ट, देशभक्त र राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्छौं– अधिकारी
मङ्गलबार, १५ कात्तिक २०७९, १७ : ०५
![कम्युनिष्ट, देशभक्त र राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्छौं– अधिकारी](https://rpcdn.ratopati.com/media/albums/khagraj_adhikari_8LFg3FbZos.jpg)
नेकपा एमालेका सङ्गठन विभाग प्रमुख खगराज अधिकारीले कम्युनिष्ट, देशभक्त र राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्ने बताएका छन् । एमाले गण्डकी प्रदेश सङ्गठन कमिटीद्वारा पोखरामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध र सुदृढ गर्ने योजनाका साथ अघि बढिएको बताए ।
कास्की क्षेत्र नं १ प्रदेशसभा (१) का प्रदेशसभा सदस्यका उम्मेदवार अधिकारीले समृद्धि र विकासको स्पष्ट योजनाका साथ एमाले चुनावी अभियानमा लागेको बताए । उनले जनताले एमालेमाथि आशा भरोसा गरेको बताए । गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले एमालेको भविष्य, पार्टी सङ्गठनलाई हेरेर अन्य दलका व्यक्तिहरू पार्टीमा आकर्षित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या