नेप्सेमा हाफ सेन्चुरी क्रस : झण्डै ३ प्रतिशतले बढेको बजारमा अर्बमाथिको कारोबार
लामो समयको अन्तरालपछि मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ५० अंकमाथिको वृद्धि भएको छ । यसदिन नेप्से सूचक ५६.१० अंकले बढ्दै १९३०.९७ अंकमा उक्लिएको हो । समग्रमा आज नेप्से सूचक झन्डै ३ प्रतिशत (२.९९ प्रतिशत) ले बढेको हो । क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ११.२८ अंकले बढ्दै ३८२.१४ अंकमा उक्लिएको छ ।
उसो त नेप्से सूचकले हाफ सेन्चुरी क्रश गरेको बजारमा आज अर्ब माथिको कारोबार भएकोम छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल १ अर्ब २९ करोड ६ लाख ६४ हजार रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर कारोबार भएको छ ।
आज १३ वटै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ५.५ प्रतिशतले बढेको छ भने अन्य समूहको ५.२८ प्रतिशतले, ट्रेडिङको ४.५६ प्रतिशतले, हाइड्रोपावर ४.३७ प्रतिशतले र इन्भेष्टमेन्ट समूहको उपसूचक ४.१७ प्रतिशतले बढेको छ ।
यसदिन न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले कमाएका छन् भने एनसीसी डिभेन्चरका लगानीकर्ताहरुले ३.९१ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण